


काठमाडौं,१४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच सात बुँदे सहमती भएको छ ।
सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच भएको सात बुँदे सहमती भएको हो । लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको छलफलपछि सहमति भएको हो ।

पत्रमा कुलमान घिसिङले उपाध्यायलाई दस्तखत गर्न लगाएका छन्।दुई पार्टीबीच एकता सम्बन्धी सहमति पत्रमा बालेन साक्षीको रुपमा दस्तखत गरेका छन्।
सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति बनाईने भएको छ।
हेर्नुहोस् सहमती पत्र :


