


भैरहवा, १६ पुस। नेपाली कांग्रेसले रुपन्देही जिल्लाबाट तीनसहित लुम्बिनी प्रदेशबाट १७ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका अनुसार प्रदेशका सबै जिल्लालाई समेट्ने गरी उम्मेदवार चयन गरेर निर्वाचन आयोगमा बुझाइएको हो ।

रुपन्देहीबाट समानुपातिक उम्मेदवारमा शान्तराम चौधरी, गङ्गा शाही र रीता सेन छन्। त्यस्तै कपिलवस्तुबाट अहज मिया, दाङबाट मधु न्यौपाने, देवी नेपाली, बाँकेबाट तुलसीराम लौडिया, दीपनारायण बर्मा छन्।
यस्तै बर्दियाबाट दुःखीलाल यादव, प्रतिमा चौधरी, मीनराज चौधरी, रोल्पाबाट पुष्पा श्रेष्ठ, गुल्मीबाट झकबहादुर पुन, पश्चिम नवलपरासीबाट सुनिता सुवेदी श्रेष्ठ, पाल्पाबाट कृष्ण अधिकारी, अर्घाखाँचीबाट ललिता सुनार छन् र पूर्वी रुकुमबाट जनमाया बुढालाई उम्मेदवार चयन गरिएको छ ।

