
काठमाडौं,२१ पुस । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथी लगाएको स्थान हद फुकुवा गरेको छ ।
आयोगले ओलीको बयान लिएसँगै उनीमाथी लगाइएको स्थान हद फुकुवाको निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति:


