


काठमाडौं,२८ पुस । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक थिए। भण्डारीको ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता कृतिहरु प्रकाशित छन्।
कमेन्ट गर्नुस्

