
भैरहवा, ३० पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ ।
बुधवार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

‘उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो । त्यही बेला आपतकालीन ढोका खोलिएको पाइलटलाई जानकारी भएपछि उडान रोकिन पुग्यो’,उनले क्लिक लुम्बिानीसँग भने, ‘कुनै क्षति भएको छैन ।’
आपतकालीन ढोका खोलेका उक्त यात्रुलाई प्रहरीको जिम्मा लगाइएको उनले बताए । उनका अनुसार विमानको विस्तृत प्राविधिक परिक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली आउन लागेको र परिक्षण पश्चात विमानले उडान भर्नेछ ।

