Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पवनकुमार सेठिया स्मृति क्रिकेट : टी–ट्वान्टी सिरिज रुपन्देही–११ को पोल्टामा
    खेलकुद

    पवनकुमार सेठिया स्मृति क्रिकेट : टी–ट्वान्टी सिरिज रुपन्देही–११ को पोल्टामा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष ३०, बुधबार १७:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३० पुस। रुपन्देहीको भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि रुपन्देही–११ ले आफ्नो पोल्टामा पारेको छ ।

    बुधबार सिरिजको दोस्रो खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ६ विकेटले पारजित गर्दै सिरिज पक्का गरेको हो । मंगलबार पहिलो खेलमा रुपन्देही २६ रनले विजयी भएको थियो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरेको थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसको जितमा आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले १५ र विजय प्रजापतिले नटआउट १२ रनको योगदान गरे । बलिङमा आर्मीका जितेन्द्रसिंह ठुकरी र प्रेम गुरुङले २–२ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर १ सय १८ रनको मध्यम योगफल बनाएको थियो । उसका लागि निर्मल शाहीले ४०, लक्ष्मण परियारले २१, प्रदीप पेलाले २० र जितेन्द्रसिंह ठकुरी १० रन बनाए । बलिङमा रुपन्देहीका विष्णु कटरिया, आकाश त्रिपाठी र इकलाख अहमद वारिसले समान २–२ विकेट लिए । आकाश त्रिपाठी प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ प्राप्त गरे । सिरिजको अन्तिम खेल बिहीबार हुने प्रतियोगिताका संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट पवनकुमार सेठिया स्मृति क्रिकेट सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी: दुई भारतीय पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:१५ गते

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.