


काठमाडौं,२ माघ। नेपाली कांग्रेसले गगन थापा पक्षद्धारा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८८५ जना प्रतिनिधिहरुको हस्ताक्षर फिर्ताको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रवार विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएकोमध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझाइएको हो ।

कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आधिकारिकता विवादको सन्दर्भमा विधिसम्मत निर्णय दिने बताएका छन् ।
कमेन्ट गर्नुस्

