
भैरहवा, ४ माघ । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने भएका छन् । पार्टीको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ बाट चुनावी मैदानमा उत्राने निर्णय गरेको थियो।
रुपन्देही क्षेत्र नम्बर २ बाटै पौडेल चुनाव लड्दै आएका थिए । तर, पाल्पा–२ बाट उनको सिफारिस भएपछि निर्वाचन क्षेत्रमा विभिन्न किसिमको बहस भएपश्चात रुपन्देही–२ को क्षेत्रीय कमिटी बैठकले रुपन्देही–२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरुले लिने निर्णय गरेको थियो ।
Advertisement

Advertisement
Advertisement

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।
नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ मा दधिराम न्यौपाने, २ मा विष्णु प्रसाद पाडैल, ३ मा बासुदेव घिमिरे, ४ मा सुनिता ठठेर र ५ मा खिमलाल भट्टराई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्राने भएको छ।

