


काठमाडौं,५ माघ। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दर्ता गराएको रिट फिर्ता नलिने जनाएका छन्।
शेरबहादुर देउवा पक्षले अदालतमा दर्ता गराएको रिट फिर्ता लिन सहमतिको भएको विषयमा समाचार सार्वजनिक भएपश्चात खड्काले अदालतमा दर्ता गराएको फिर्ता नलिने धारणा सार्वजनिक गरेका हुन्।

‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारी समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु। कसैमा भ्रम नरहोस’,सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै उनले भनेका छन् ‘पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका बिरुद्धमा सर्बोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु।’

