
भैरहवा, ६ माघ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रमा १ सय ५७ जनाले उम्मेदवारी दिएका छन् ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर २ र सबैभन्दा कम क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारले पनि उल्लेख रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
Advertisement

Advertisement
Advertisement

कार्यालयबाट प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा कुल १ सय ५७ जनामध्ये ६३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जनाए ।

