Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–३ मा ठूला दल : मतदाता रिझाउन मैदानमा उतारे ‘नयाँ फेस’
    राजनीति

    रुपन्देही–३ मा ठूला दल : मतदाता रिझाउन मैदानमा उतारे ‘नयाँ फेस’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ ७, बुधबार १७:५९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुको चहलपहल बढेको छ । ठूला राजनीतिक दलहरुले मतदाता रिझाउने रणनीति अन्र्तगत यसअघि संसदीय चुनाव नलडेका तथा क्षेत्रमा नयाँ मानिने अनुहारलाई उम्मेदवार बनाएका छन् । पुराना र स्थापित नेताको साटो दलहरुले ‘नयाँ फेस’ माथी दाउ लगाउँदा रुपन्देही–३ मा बहस–चर्चा सुरु भएको छ ।

    नेकपा एमाले बाहेकका प्रमुख दलहरुले रुपन्देही–३ मा पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । एमालेले यसअघि रुपन्देही–५ बाट निर्वाचित भइसकेका वासुदेव घिमिरेलाई यस क्षेत्रबाट अघि सारेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ०७४ मा नेकपा माओवादी केन्द्रबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा पराजित भएका फैज अहमद खाँलाई मैदानमा ल्याएको छ । यस अघिका निर्वाचनमा पनि प्रत्यक्ष होमिएका यी दुई पात्र ठूला दल मध्यबाट हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    युवापुस्ताले परिवर्तनको नारा दिएको बेला नेपाली कांग्रेसले यस पटकको चुनावमा ‘नयाँ फेस’को रुपमा विद्यार्थीकालदेखि राजनीतिमा होमिएका रुपन्देही–३ का क्षेत्रिय सभापति सुशिल गुरुङ्गलाई चुनावी मैदानमा उतारेको छ । ०७९ को निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनले रुपन्देही–३ बाट जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्व.दीपक बोहराको ‘नागरिक जिम्मेवारी’ उनका जेठा सुपुत्र गौरव बोहराको काँधमा राख्न चाहेको छ । जसकारण ‘नयाँ फेस’ को रुपमा उसले पाइलटसमेत रहेका बोहरालाई चुनावी लडाईको रिङ्गमा उतारेको छ ।

    त्यस्तै मुलुकमा क्रेज बढेको अवस्थामा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा गत कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनमा पार्टीको प्राइमरी इलेक्सनमार्फत चुनिएका डा.लेखजंग थापालाई नै ‘चुनावको अनुभवी उम्मेदवार’ बीच खडा गरेको छ । उनी पनि हालसम्म प्रत्यक्षतर्फको निर्वाचनमा क्षेत्र नम्बर ३ का मतदातामाझ ‘नयाँ फेस’ हुन्। यस बाहेक जसपा नेपाल, जनमत पार्टी, उज्यालो नेपाल पार्टी लगायतले पनि ‘नयाँ फेस’ ल्याएका छन् ।

    दलहरुले ‘पुराना फेस’ भन्दा ‘नयाँ फेस’ मार्फत मतदाताको विश्वास जित्ने रणनीति अपनाउँदा यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । पुराना नेतामाथी दाउ लगाउँदा पार्टीले हार व्यहोर्न सक्ने भएकोले दलहरुले युवा मतदाता र परिवर्तन चाहने समूह लक्षित विगतका निर्वाचनमा भन्दा अहिले मुलुकको धेरै क्षेत्रमा उम्मेदवार चयनको रणनीति फेरेको देखिएको छ
    ।
    स्थानीय राजनीतिक विश्लेषकहरुका अनुसार, पुराना र स्थापित फेसका नेताभन्दा ‘नयाँ फेस’ लाई अघि सार्दा मतदातामा सकारात्मक सन्देश जाने भएकोले दलहरुले चुनावी मैदानमा यसपटक ‘नयाँ फेस’ उतारेका हुन् । तर, मतदातामा सकारात्मक सन्देशसँगै ‘नयाँ फेस’ उतारेका पुराना दलहरुलाई जोखिम पनि कम नरहेको उनीहरुको बुझाई छ ।

    दलहरुले चुनावी मैदानमा ‘नयाँ फेस’ उतार्दा मतदाताको प्रतिक्रिया मिश्रित रहेको छ । धेरै मतदाताले यसलाई दलहरुको सकारात्मक कदम भनेका छन् भने केहीले उम्मेदवारको अनुभवहीनता औंल्याएका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रतिनिधिसभा निर्वाचन रुपन्देही उम्मेदवार रुपन्देही निर्वाचन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.