


काठमाडौं,११ माघ। नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
कार्यालयले आईतबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार, सहायक हबल्दार १र१ जना, प्रहरी जवान ११ जना र कार्यालय सहयोगी ३ जना छन् ।

तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना :


