


नवलपरासी,२० माघ। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रहरुमा मौसम प्रतिकूल भए दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन्।
नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको कावासोती नगरपालिका–१ हात्तीखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रम पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको समयमा हिमाली क्षेत्रहरुमा चिसो बढे दोस्रो चरणमा निर्वाचन हुने बताइन् ।

सरकारको ध्यान निर्वाचनमा केन्द्रित रहेको बताउँदै उनले भनिन्, ‘निर्वाचनका लागि सरकारले पूर्ण सहयोग गर्छ, मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्छौ ।’
उनले कम मतदाता भएका स्थानमा सवारीसाधनबाट मतदाता ओसारेर भए पनि निर्वाचन गराउने भन्दै निर्वाचन सार्ने कुनै पनि विषय नभएको बताइन् ।

