


काठमाडौं,२३ माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान(काठमाडौं सम्पर्क मञ्चको परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको माहोल आफ्नो पक्षमा देखिए पनि अन्तिम परिणाम नआएसम्म सतर्क रहनुपर्ने बताए।

‘चुनाव जितिसकियो, अब घोषणा गर्न मात्र बाँकी छ भन्न सकिन्छ। तर, जबसम्म जनमतलाई मतपेटिकाभित्र सुरक्षित गरिँदैन र परिणाम आउँदैन, तबसम्म खेल धेरै हुन सक्छ,’उनले भने, ‘त्यसैले सबैले आफ्नो मेहेनत बढाउनु जरुरी छ।’
देश राजनीतिक र संवैधानिक संकटमा परेको बेला आफ्नो पार्टी र नेता माधव कुमार नेपाल लगायतले ठूलो मेहेनत गरेर देशलाई दुर्घटनाबाट बचाएको उनले दाबी गरे।

