
भैरहवा,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ५० वटा सैन्य गाडी उपलब्ध गराएको छ । नेपाली सेनालाई उपलब्ध गराएको उक्त गाडीहरु बेलहिया (भैरहवा) नाका हुँदै नेपाल भित्राइएको छ।
भारतीय सेनाले भारतको सोनौली नाकामा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनालाई उक्त सैन्य गाडीहरु हस्तान्तरण गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भैरहवा भन्सार कार्यालयका अनुसार, साढे २९ करोड मूल्यका उक्त गाडी नेपाल सरकारको निर्णय अनरुप भन्सार राजश्व छुटमा नेपाल भित्रिएका हुन्। उपलब्ध गराइएको उक्त सैन्य गाडीहरु ७.५ टन र २.५ टनका गरी २ प्रकारका छन्। जसमध्ये ७.५ टनका २० वटा र २.५ टनका ३० वटा मिनीट्रक छन्।
बेलहिया नाकाबाट भित्रिएका उक्त गाडीहरु काठमाडौं लगिएको छ । नेपाल सरकार र भारत सरकार बीचको आपसी समझदारी अनुरुप उक्त गाडी भित्रिएको नेपाली सेनाले जनाएको छ ।

