


काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ।
कांग्रेसले यस पटकको निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रुपमा ल्याउने बताएको छ।

बुधबार पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ। ढिलोमा २ गते प्रतिज्ञापत्र सार्वजनिक गछौँ ।’
निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो।प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।

