


काठमाडौं,२९ माघ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप भारतले तेस्रो चरणमा २२३ वटा सवारी साधान हस्तान्तरण गरेको छ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तण गरे।

गृह मन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्लेका अनुसार भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराएको छ।
त्यस्तै नेपाली सेनाका लागि पनि ५० वटा सवारीसाधान उपलब्ध गराएको छ। नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले बताए ।

