Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री
    अन्तर्राष्ट्रिय

    बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन १, शुक्रबार १३:०५ गते
    advertisement
    advertisement
    advertisement

    बंगलादेश,१ फागुन । बंगलादेशमा सम्पन्न निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बहुमत हासिल गरेसँगै त्यहाँ करिब ३५ वर्षपछि पुरुष प्रधानमन्त्री हुने भएका छन् । निर्वाचनबाट पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित छ।

    कुल ३०० सिटमध्ये २९९ सिटमा भएको मतदानमा पार्टीले २०९ सिट जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको थियो। १७ वर्ष लामो लन्डन निर्वासनपछि पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा सक्रिय राजनीतिमा फर्किएका तारिक रहमानले यस निर्वाचनमा पार्टीको नेतृत्व गरेका थिए। उनैलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष फाइदा पुगेको बीबीसी हिन्दीमा उल्लेख छ।

    सुरुमा बंगलादेशमा काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री भइरहेका थिए। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निर्वासन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले बिहीबार संसदीय चुनाव गराएको हो।

    यस सँगै विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी राष्ट्रिय नागरिक पार्टी (एनसिपी) ले ६ सिटमा मात्रै विजयी भएको छ। एनसिपी नेता नाहिद इस्लामले ढाका-११ मा अग्रता लिइरहेका छन्। अन्य स्थानमा केही नेताहरुको मात्रै जित पक्का भएको भनिएको छ। एनसिपी नेता नाहिद इस्लामले मतदानअघि एनसिपीसहितको गठबन्धनले सरकार बनाउने दाबी गरेका थिए। तर परिणाम भने उनको पक्षमा नआउने देखिएको छ। बंगलादेशमा ३०० सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १५१ सिट आवश्यक रहन्छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बंगलादेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.