


काठमाडौं,१ फागुन । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन्। यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँराजदूत पठाएको हो।
चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन्।

नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका बुझिएको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई ओहोदाको प्रमाण पत्र बुझाएपछि चाङले आफ्नो नियमित काम सम्हाल्ने बताइएको छ।
कमेन्ट गर्नुस्

