
भैरहवा, ४ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका प्रज्जवल बोहराले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
रोहिणी गाउँपालिकाको धकधईमा पत्रकार सम्मेलनको आयोजना गरी उनले ९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा गरेको आन्दोलनलाई आत्मसात गर्दै निर्वाचनमा युवाको आवाज संसद्सम्म पुर्याउन आफूलाई जिताउन बोहराले आग्रह गरे।
यस्ता छन् प्रतिवद्धता
१) सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपले अधिकार सम्पन्न स्थानीय सरकार बनाइनेछ । ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासँग कामको प्रतिवेदन प्रस्तुत गर्नेछु । जनताले सोध्ने मैले जवाफ दिने कामको सुरुवात गर्नेछु ।
२) रोजगारी र अर्थतन्त्र अव्यवस्थित र भूमिविहीनलाई जग्गाको व्यवस्थापन युवाका लागि स्थानीय रोजगारी सिर्जना सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सिर्जना गरिनेछ । वैदेशिक रोजगारी सुरक्षित, सम्मानजनक र देशमै पूँजी भित्र्याउने नीति लागू गरिनेछ ।
३) शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजनालाई पूर्णता दिँदै राजनीतिकरणबाट मुक्त बनाउने छुु। सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अभिवृद्धि गरिनेछ। श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा परिणत गरी सर्वसुलभ शुल्कको व्यवस्था गरी गुणस्तरीय पठनपाठनको व्यवस्था गरिनेछ। सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड शिक्षक व्यवस्थापन र शिक्षामा समान पहुँच बढाउनेछु।
४) स्वास्थ्य सेवा सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा बनाइनेछ। गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउनेछु। क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिनेछ। धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवासहि को सुविधा। स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनेछु।
५) कृषि र खाद्य सुरक्षा व्यवसायिक कृषि प्रवद्र्धनमा जोड किसानलाई उचित मूल्य र बजार सुनिश्चितता सिंचाई, भण्डारण र आधुनिक कृषि प्रविधि आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्न पहल गर्नेछु ।
६) पूर्वाधार विकास क्षेत्रका सबै पालिका जोड्ने गरी सडक सञ्जालको निर्माण गरिनेछ। रोहिणी नदी संरक्षपणसैनै जलाशययुक्त बाँधबाट पर्यटन विकासमा जोड दिइनेछ। रोहिणी नदीको मैनिहवामा पक्की पुल निर्माण गरिनेछ। भगवान बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने सडक, खानेपानी, सिंचाई र विद्युत्को व्यवस्थापन गरिने छ। शहरी योजना र अव्यवस्थित बस्ती व्यवस्थापन दिनेछु । दिगो र वातावरणमैत्री विकास । फाहोर प्रशोधन केन्द्रको निर्माण गरिनेछ। क्षेत्रभित्र सुविधा सम्पन्न खेलकुद मैदानको निर्माण गर्नेछु।
७) युवा, महिला र समावेशीता निर्णय तहमा युवाको अर्थपूर्ण सहभागीतामा ध्यान दिनेछु । महिला उद्यम, सुरक्षा र नेतृत्व । पिछडिएका समुदायको प्रत्यक्ष सशक्तिकरण गरिने छ।
८) राष्ट्रियता, संस्कृति र पहिचान भाषा, संस्कृति र परम्पराको संरक्षण राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीति अन्त्यका लागि दृढ संकल्प व्यक्त गर्छु। युवाले देश छोड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखुन् भन्नेमा म केन्द्रित भएर लाग्ने छु। राजनीति सेवा होस्, सत्ताको खेल होइन भन्ने बुझेको छु।

