
भैरहवा,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालका अनुसार, जिल्लाको ५ वटै निर्वाचनको १५५ वटै वडामा मतदाता शिक्षाका लागि स्वयंसेवकहरु खटाइएको हो । उनीहरुले मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा बताउँनेछन्।
Advertisement

Advertisement
Advertisement

उनले मतदाता शिक्षाका लागि जिल्लाको प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय तहमा एक जना अनुगमनकर्ता खटाइएको बताइन् । महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षाका लागि खटाइएको छ।
मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। रुपन्देही जिल्लामा ६ लाख ७२ हजार ५२३ मतदाता छन्।

