
भैरहवा,५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
क्षेत्रका विभिन्न टोल–बस्तीमा चुनावी एजेण्डासहित मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवादमा समेत गरिरहेको रुपन्देही-३ नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीयका समस्या, अपेक्षा र सुझाव सुन्दै विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुशासन र पारदर्शितालाई आफ्नो मूल मन्त्र भएको बताउँदै उनले भने, ‘जनताको करको सही सदुपयोग गर्दै पारदर्शी र जवाफदेही नेतृत्व दिने प्रतिबद्धता व्यक्त गर्दछु। स्थानीय नै भएकोले निर्वाचनपछि पनि म जनताकै बीचमा रहेर काम गर्नेछु।’

अभियानमा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरुको उल्लेखनीय सहभागिता रहेको छ। समितिका अनुसार, भेटघाट कार्यक्रममा मतदाताहरुले पनि उत्साहजनक साथ दिएका छन् ।
गुरुङले रुपन्देही–३ मा सडक पूर्वाधार विस्तार, भैरहवा विमानस्थल संचालन, फोहोर व्यवस्थापन, कृषि, युवा स्वरोजगार कार्यक्रम, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा लगायतलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

