
भैरहवा, ६ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोपाल भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ का उम्मेदवार गौरव बोहरालाई समर्थनको घोषणा गरेका छन् ।
बुधवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै भण्डारीले आफ्नो एजेण्डा र विचार राप्रपासँग मिलेकोले आफुले उम्मेदवार बोहरालाई समर्थन गर्ने निर्णय गरेको बताए ।
Advertisement

Advertisement
Advertisement

‘म आबद्ध केही धार्मिक संघ–संस्थाका महानुभावहरु तथा मेरा घरपरिवार, शुभेच्छुक, इष्टमित्रहरु लगायतले एउटै नीति, विचार र दृष्टिकोण लिएको राप्रपाले यस क्षेत्रमा वरिष्ठ पाइलट जस्तो शिक्षित र विशिष्ट उम्मेदवार बनाएका कारण उहाँलाई सहयोग र समर्थन गरी विजय गराउन दिएको सल्लाह–सुझावलाई आत्मसात गरी मैले गौरव बोहरालाई सघाउने निर्णय गरेको छु,’उनले भने ।
उनले वैदिक सनातन हिन्दू राष्ट्रसहितको राजसंस्था पुनस्र्थाना, संघीयताको खारेजी तथा २०४६ सालदेखि हालसम्मका भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने नीति र सिद्वान्त लिएको राप्रपाका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गरे । आफु पार्टीमा प्रवेश गरेको र पूर्ण स्वतन्त्ररुपमा राप्रपाका उम्मेदवारलाई समर्थन तथा प्रतिबद्धता जाहेर गरेको उनले स्पष्ट पारे ।
राप्रपाका उम्मेदवार बोहराले स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीसँग राप्रपाको एजेण्डा र स्थानीय मुद्दाहरु मिल्ने भएकाले उनले समर्थन गरेको बताए।
विश्व हिन्दु महासंघ रुपन्देहीका जिल्ला सभापति गोविन्द राज पाण्डेले हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने नीति लिएर विगतमा संसदमा पनि सशक्त आवाज उठाएको राप्रपाले सनातन हिन्दु राष्ट्रवादी र समग्र धर्मावलम्बी तथा सम्पूर्ण जनता र नेपालको हकहित हुने सिद्वान्त र विचार बोकेकाले राप्रपाका उम्मेदवारलाई र प्रत्यक्षतर्फ उम्मेदवार नभएको स्थानमा समान विचार भएका स्वतन्त्रतर्फका उम्मेदवारलाई जिताउन आग्रह गरे।

