
जनकपुर,६ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार जनकपुरबाट कांग्रेसले १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरुको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गरिने घोषणा पत्रमा समेटिएको छ। कानूनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गरिने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा लेखिएको छ, ‘परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ। कानूनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ।’
देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित नहुने ,वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुने पनि कांग्रेसको घोषणापत्रमा लेखिएको छ ।
कांग्रेसको १० भिजन :





