Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » गौरव बोहराको प्रतिवद्धता : भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँछु
    अर्थ

    गौरव बोहराको प्रतिवद्धता : भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँछु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन ८, शुक्रबार १२:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,८ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

    उनले विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य समयमै सम्पन्न गराउन सम्बन्धित निकायमाथि आवश्यक दवाव सिर्जना गर्ने बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘भैरहवाको समृद्धि र लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनै पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान नियमित र प्रभावकारी बनाउन म पहल र समन्वय दुवै गर्नेछु।’

    उनका अनुसार विमानस्थल सञ्चालन सुस्त हुँदा पर्यटन, व्यापार तथा रोजगारीमा अपेक्षित लाभ लिन सकिएको छैन। ‘राज्यले अर्बौं लगानी गरेको संरचना खालीजस्तै अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो,’ उम्मेदववार बोहराले भने, ‘दोस्रो टर्मिनल भवन समयमै सम्पन्न गर्न र आवश्यक पूर्वाधार व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ।’

    पाइलटसमेत रहेका बोहराले प्राविधिक दृष्टिले पनि विमानस्थल सञ्चालनका चुनौती र सम्भावनाबारे आफू जानकार रहेको दाबी गरे। ‘म स्वयं उड्डयन क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले समस्या कहाँ छ र समाधान कसरी निकाल्न सकिन्छ भन्ने विषयमा स्पष्ट छु,’ उनले भने, ‘रुपन्देही–३ का नागरिकको आवाज संसद्‌मा बलियोसँग उठाउनेछु।’

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन, विदेशी मुद्रा आर्जन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गौरव बोहरा प्रतिनिधिसभा निर्वाचन भैरहवा विमानस्थल एजेण्डा राप्रपा उम्मेदवार राप्रपा रुपन्देही रुपन्देही३
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.