Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रास्वपा समर्थकले झण्डा जलाएपछि एमालेको प्रतिक्रिया : अपरिपक्वताको पराकाष्ठा
    प्रमुख समाचार

    रास्वपा समर्थकले झण्डा जलाएपछि एमालेको प्रतिक्रिया : अपरिपक्वताको पराकाष्ठा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन ८, शुक्रबार १४:३९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ,८ फागुन। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले एमालेको झण्डा जलाएको घटनापछि नेकपा एमालेले कडा प्रतिक्रिया जनाएको छ। उक्त घटनालाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भन्दै आपत्ति जनाएको हो।

    शुक्रबारका लागि रास्वपाले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न रवि लामिछाने बिहीबार सुर्खेतबाट घोराही आउने क्रममा तुलसीपुरमा स्वागतका लागि बसेका रास्वपा समर्थकले एमालेको झण्डा जलाएका थिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    घटनापछि एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन्।

    विज्ञप्तिमार्फत उनले भनेका छन्,‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकाष्ठा मात्र हो।’

    उनले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुने उल्लेख गर्दै अराजक प्रदर्शनले राजनीतिक संस्कार कमजोर बनाउने बताएका छन्।

    उनले अगाडि भनेका छन्,‘प्रियतावादले तत्काल केही राहत र सहानुभूति त दिलाउन सकिएला, तर त्यसको अन्त्य अत्यन्तै दर्दनाक र दुःखद हुन सक्छ।’

    घटनापश्चात एमाले निकट युवा संघका लुम्बिनी प्रदेश संयोजक सन्तोष वलीद्वारा जारी विज्ञप्तीमा घटनाका दोषीलाई तत्काल कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्

    युवा संघले शुक्रबार झण्डा जलाउने कार्यको बिरोधमा घोराहीमा प्रदर्शन गरेको छ उनीहरुले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कार्वाही गर्न उनीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

    यता रास्वपाले एमालेको आरोपको खण्डन गरेको छ।रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरेले विज्ञप्ति जारी गर्दै आफूहरुले झण्डा नजलाएको जनाएका छन् । ‘रास्वपाको बढ्दो जनलहरलाई धुमिल बनाउने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    झण्डा आगजनी दाङ एमाले नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन रास्वपा समर्थक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी: दुई भारतीय पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:१५ गते

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.