Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–३ मा युवालाई स्वरोजगार बनाउने गौरव बोहराको प्रतिबद्धता
    अर्थ

    रुपन्देही–३ मा युवालाई स्वरोजगार बनाउने गौरव बोहराको प्रतिबद्धता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन ९, शनिबार ११:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

    क्षेत्रका युवाहरुको वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र स्थानीय स्तरमै अवसरको अभावलाई मुख्य चुनौतीका रुपमा उल्लेख गर्दै उनले उद्यमशीलतामुखी कार्यक्रम अघि सार्ने बताएका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    क्षेत्रका धेरै युवा सीप र क्षमता हुँदाहुँदै पनि आवश्यक पूँजी, तालिम र बजार पहुँच नपाउँदा विदेशिन बाध्य भएकोले त्यसको अन्त्यको लागि आफुले कार्य गर्ने उनको भनाई छ । यही अवस्थालाई परिवर्तन गर्न स्वरोजगार र साना उद्यम प्रवर्द्धनमा जोड दिने बोहराले बताए।

    ‘रोजगारी खोज्दै विदेश जानु युवाको बाध्यता बन्नु हुँदैन,’बोहराले भने, ‘स्थानीय स्तरमै उद्यम सुरु गर्न सक्ने वातावरण, सहुलियत ऋण र सीपमूलक तालिमको व्यवस्था गर्नु आवश्यक छ।’

    उनले कृषि, पशुपालन, साना उद्योग, प्रविधिमैत्री व्यवसाय र स्टार्टअप प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताए। स्थानीय उत्पादनको बजारीकरण, सहकारी तथा बैंकमार्फत सहुलियत वित्तीय पहुँच र तालिम केन्द्रसँग समन्वय गरेर युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उनको दाबी छ।

    ‘सरकारको भूमिका युवालाई जागिर दिने मात्र होइन, व्यवसाय गर्ने आधार तयार गरिदिने हो,’उम्मेदवार बोहराले भने, ‘नीति र कार्यक्रममार्फत स्वरोजगारलाई व्यवहारमै उतार्ने प्रयास गर्छु ।’

    उनले युवाको ऊर्जा र सीपलाई सही दिशामा उपयोग गर्न सके क्षेत्रको आर्थिक गतिविधि स्वतः चलायमान हुने भन्दै स्वरोजगारमैत्री वातावरण निर्माणलाई आफ्नो एजेन्डा बनाएको बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गौरव बोहरा प्रतिनिधिसभा निर्वाचन राप्रपा उम्मेदवार राप्रपा रुपन्देही रुपन्देही निर्वाचन रुपन्देही३
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.