
भैरहवा, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले रुपन्देहीको बुटवलमा पुगेर लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे छलफल गरेकी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार,शनिबार निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले निर्वाचन तयारीबारे छलफलका साथै सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी छन् ।
Advertisement

Advertisement
Advertisement

सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरुले प्रधानमन्त्री कार्कीलाई ब्रिफ गरेका थिए । पछिल्लो समयमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरुमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन्।

