


लुम्बिनी, ९ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्।
शनिबार श्रीमान् दुर्गा सुवेदीका साथ लुम्बिनी पुगेकी कार्कीले मायादेवी मन्दिर, रोयल थाइ मठ तथा बज्रयान मन्दिरको दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

कोषका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले भगवान बुद्धको जन्मस्थलको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे जानकारी लिएकी थिइन्। उनलाई अशोक स्तम्भ परिसरमा बुद्ध वन्दना गराइएको थियो । ।
कमेन्ट गर्नुस्

