
हृदयराम गुप्ता
मर्चवार,११ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तनका लागि मत पनि परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
मतदाता भेटघाटको क्रममा रहेको उनले अहिलेसम्म सामन्तवादी र पुँजीवादी शक्तिहरु पटक-पटक निर्वाचित हुँदै मर्चवारलाई ओझेलमा पारेर पिछडिएको पहिचान दिइएकोप्रति दुःख व्यक्त गरे ।
Advertisement

Advertisement
Advertisement

‘पटक-पटकका आन्दोलनमा धेरै युवाहरु शहीद भए र केही परिवर्तन भए तर अब वैचारिक आन्दोलनको आवश्यकता छ’,उनले भने, ‘सडकबाट होइन परिवर्तनका लागि मतपत्रबाट आन्दोलनको आवश्यक छ ।’
देशको नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भएकोले बिचौलियाको सल्लाहमा नभई आफ्ना छोराछोरी र परिवारको सल्लाहमा मतदान गर्न उनले आग्रह गरे ।
घरदैलो अभियानका क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मर्चवारबाट जितेर बाहिर बस्नेहले मर्चवारको पीडा कहिल्यै नबुझेको दावी गरे ।

