
काठमाडौं,११ फागुन । गृह मन्त्रालयले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँग छलफल गरी आजै समिति गठन गरिनेछ।
धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ मा गए राति बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खस्दा दुर्घटना भएको थियो ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार, बसमा चालकसहित ४४ जना सवार थिए जसमा मृत्यु भएका मध्ये ९ जनाको सनाखत भएको छ। १० जनाको पहिचान खुल्न बाँकी छ। सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

