Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–३ मा लेखजंगको ‘ब्लुप्रिन्ट’: विमानस्थल संचालनदेखि रोजगारीसम्म
    अर्थ

    रुपन्देही–३ मा लेखजंगको ‘ब्लुप्रिन्ट’: विमानस्थल संचालनदेखि रोजगारीसम्म

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन १२, मंगलवार २३:४१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१२ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा विकासको परम्परागत ढाँचा कि आधुनिक रुपान्तरण भन्ने बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजनाहरु र घरदैलो अभियानले यो बहसलाई थप तार्किक र आशावादी बनाएको पार्टीले जनाएको छ ।

    गत फागुन ४ गतेदेखि सुरु भएको उनको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका–८ तथा तिलोत्तमा नगरपालिका १४ र १५ मा पुगेको छ। पार्टीका अनुसार, क्षेत्रका ३६ वडामध्ये २९ वडामा पुगेर उनले आफ्नो एजेन्डा र समृद्धिको खाका मतदातामाझ प्रस्तुत गरिसकेका छन्। उनी मत माग्न मात्र नभई क्षेत्रको भूगोल, सम्भावना र समस्याको अध्ययनसहित स्पष्ट ‘ब्लुप्रिन्ट’ लिएर जनताको आँगनमा पुगेका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनको योजनाको केन्द्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ। ‘विमानस्थल छ तर जहाज छैन’ भन्ने गुनासोलाई अन्त्य गर्दै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। यसले रुपन्देही–३ लाई देशकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उनको दाबी छ।

    स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रुपमा स्थापित गर्ने उद्देश्यसहित उनले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना र प्रभावकारी स्वास्थ्य बीमाको व्यवस्था गर्ने योजना अघि सारेका छन्। उम्मेदवार थापाका अनुसार, सरकारी विद्यालयको स्तर सुधार गर्न ‘नमुना विद्यालय’अवधारणा कार्यान्वयन गर्ने र विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना छ।

    कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन ‘एक वडा एक उत्पादन’ नीति लागू गर्ने, शीत भण्डार निर्माण, मल र बीउबिजनको वैज्ञानिक वितरण तथा आधुनिक सिँचाइ प्रणाली विकास गर्ने योजना रहेको उनले बताए। साथै, फोहोर व्यवस्थापनबाट ऊर्जा उत्पादन गर्ने वातावरणमैत्री सहर निर्माण र सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानमा स्तरोन्नति गर्ने योजना बनाइउको उनको भनाई छ।

    विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण रुपमा सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने उनको प्रतिबद्धता छ। भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध शून्य सहनशीलता अपनाउँदै ‘लाइन होइन, अनलाइन’ सेवा प्रणाली स्थानीय तहसम्म विस्तार गर्ने अठोट उनले व्यक्त गरेका छन्।

    बाँकी वडाहरुमा पनि आफ्नो भिजन पुर्‍याउने अभियानमा रहेका डा. थापाले रुपन्देही–३ लाई आगामी एक दशकभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने राष्ट्रिय लक्ष्यको मुख्य आधार स्तम्भ बनाउने दाबी गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रतिनिधिसभा निर्वाचन रास्वपा रास्वपा उम्मेदवार रुपन्देही निर्वाचन रुपन्देही३ लेखजंग थापा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.