Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–१ मा प्रज्ज्वलको प्रतिवद्धता: कृषि र खाद्य सुरक्षा प्राथमिकता
    प्रमुख समाचार

    रुपन्देही–१ मा प्रज्ज्वलको प्रतिवद्धता: कृषि र खाद्य सुरक्षा प्राथमिकता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन १७, आईतवार १२:११ गते
    advertisement
    advertisement
    advertisement

    धकधई,१७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहराले कृषि र खाद्य सुरक्षालाई प्राथमिकता दिइने प्रतिवद्धता जनाएका छन्।

    उनले व्यावसायिक कृषि प्रवर्द्धन, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार र आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    घरदैलो कार्यक्रम तथा चुनावी भेटघाटका क्रममा बोहराले कृषि क्षेत्रको आधुनिकीकरणबिना ग्रामीण अर्थतन्त्र बलियो बन्न नसक्ने बताएका छन्।

    ‘रुपन्देही १ कृषि उत्पादनमा सम्भावनायुक्त क्षेत्र हो। तर किसानले अझै पनि उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने,‘किसानलाई बजारको ग्यारेन्टी र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ।’

    उनले सिँचाइ सुविधाको अभाव, आधुनिक प्रविधिको कमी र भण्डारण पूर्वाधार नहुँदा किसान मारमा परेको उल्लेख गरे। ‘सिँचाइ, चिस्यान केन्द्र र आधुनिक कृषि प्रविधिमा लगानी नगरी हामीले उत्पादन वृद्धि गर्न सक्दैनौं,’उम्मेदवार बोहराले भने,‘सरकारले किसानलाई अनुदान मात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको पूर्ण चक्रमा सहयोग गर्नुपर्छ।’

    बोहराले बढ्दो आयातका कारण स्वदेशी उत्पादन प्रतिस्पर्धाहीन बन्दै गएको दाबी गरे। ‘हामीले दैनिक उपभोगका धेरै वस्तु विदेशबाट आयात गरिरहेका छौं। यसले हाम्रो अर्थतन्त्र कमजोर बनाएको छ,’ उनले भने,‘आयातमा निर्भरता घटाएर स्वदेशी उत्पादन बढाउनु आजको आवश्यकता हो।’

    उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर कृषि क्षेत्रमा दीर्घकालीन नीति ल्याउन आवश्यक छ। ‘कृषि र खाद्य सुरक्षालाई चुनावी नारामा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्छ,’ बोहराले जोड दिदैं भने, ‘म निर्वाचित भए क्षेत्रलाई व्यावसायिक कृषि केन्द्रका रुपमा विकास गर्ने योजनासहित अघि बढ्नेछु।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रज्जवल बोहरा प्रतिनिधिसभा निर्वाचन राप्रपा उम्मेदवार राप्रपा रुपन्देही रुपन्देही निर्वाचन रुपन्देही१
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.