
भैरहवा,१७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति र प्रगतिशील लोकतान्त्रित्र पार्टी (प्रलोपा) समानुपातिक उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
आईतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रलोपाको समानुपातिक उम्मेदवार मायादेवी–८ को विमलादेवी विक र रास्वपा सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको घोषणा गरे ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

दुबैजनालाई राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य स्वाती थापा तथा रुपन्देही–३ का उम्मेदवार गौरव बोहराले पार्टीमा स्वागत गरे। राप्रपा प्रवेश गर्दै प्रलोपा समानुपातिक उम्मेदवार विकले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप अन्त्य गरी धर्मसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्रपा प्रवेश गरेको जनाइन् ।
यस्तै, श्रेष्ठले मुलुकमा राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापना र संघीयता खारेजीका लागि आफू राप्रपा प्रवेश गरेको बताए। राप्रपा उम्मेदवार बरिष्ठ पाइलट बोहराले विक र श्रेष्ठको प्रवेशले पार्टीलाई थप बलियो बनाएको जनाए।
पछिल्लो समययता राप्रपालाई धमाधम विभिन्न व्यक्तित्व र उम्मेदवारहरुले समर्थन जनाइरहेका छन् ।

