
भैरहवा, १८ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले निर्वाचनको मत परिणाम पश्चातपनि आफु यही नै रहने भएकोले मतदाताले विवेकपूर्ण निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
सोमबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अवसर र लाभका लागि अहिलेसम्म कुनै पनि पार्टी नचहारेको र बाँकी जीवन पनि कांग्रेसमै समर्पित गर्ने बताए ।
Advertisement

Advertisement
Advertisement

‘म क्षेत्र नम्बर ३ को स्थानीय, रैथाने र अर्गानिक उम्मेदवार हुँ। यही जन्मे, यही हुर्के र बाँकी जीवन पनि मेरो यही क्षेत्रमा बित्नेछ। निर्वाचनको परिणामपश्चात म आम मतदाताको साथमा रहन्छु,’उनले भने,अवसर लाभका लागि अहिलेसम्म कुनै पार्टीमा गएको छैन । ३५ वर्षदेखि एउटै पार्टीमा छु र रहन्छु पनि ।’
निर्वाचित भएको अवस्थामा आफूले संगालेका अनुभव क्षेत्र र समाजको विकासमा लगाउने उनको भनाई छ । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, आईसीपी, सेज सञ्चालन, लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा पर्यटकको बसाई लम्ब्याउन पहल गर्ने र यसका लागि नीति निर्माणमा पनि भूमिका निर्वाह गर्ने बताए ।
लुम्बिनी प्रदेशको महत्वपूर्ण गन्तव्य र निजी क्षेत्रको मनोबल बढाउन, उद्योगमैत्री नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

