
भैरहवा, २१ फागुन। रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको लागि जारी निर्वाचन बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहकपूर्वक रुपमा भइरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए । ‘जिल्लामा उत्साहपूर्वक मतदान भइरहेको छ, कतै कुनै समस्या छैन’,उनले भने, बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ र मतदान गर्ने क्रम जारी छ ।’
Advertisement

Advertisement
Advertisement


मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार, जिल्लाको क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जना गरी कुल १५७ जना उम्मेदवार छन्। साथै, जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए । जिल्लामा चारवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए । ‘सबै मतदानस्थलमा मजबुत सुरक्षा व्यवस्थामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ’, उनले भने, ‘जिल्लाको सबै क्षेत्रसहित सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’



