
भैरहवा, २१ फागुन । रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ दशमलव ८७ प्रतिशत मत खसेको छ ।
जिल्लाको पाँच वटा निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा अन्य ३ जनासहित ४ लाख ४२ हजार ९ सय ६३ जना (६५ दशमलव ८७ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । जसमध्ये २ लाख ३२ हजार एक सय १७ जना महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष छन् ।
Advertisement

Advertisement
Advertisement

जिल्लामा कुल मतदाताको संख्या ६ लाख ७२ हजार ५ सय २३ रहेको छ । उनका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ९७ हजार २ सय ११ जनाले मतदान गरेका छन । जसमध्ये ५२ हजार २ सय ९४ जना महिला, ४४ हजार ९ सय १६ पुरुष र अन्य ३ जना छन् । यो क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् । जसमध्ये ४७ हजार १ सय ३५ महिला, ३९ हजार ५ सय ७८ पुरुष र अन्य २ जना रहेका छन् ।
१ लाख ४० हजार ३५ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७ जनाले मतदाताले मतदान गरेका छन् । जसमध्ये ४९ हजार ८ सय ९९ महिला र ४७ हजार ४ सय ८८ जना पुरुष रहेको प्रमुख अर्यालले बताइन् ।
यस्तै क्षेत्र नम्बर ४ मा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकोमा ७६ हजार ८ सय १२ जनाले मतदान गरेका छन् । जसमध्ये ३७ हजार ७ सय १८ महिला र ३९ हजार ९४ जना पुरुष रहेका छन् ।
१ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८४ हजार ८ सय ३८ जना मतदाताले मतदान गरेका छन्। जसमध्ये ४५ हजार ७१ महिला र ३९ हजार ७ सय ६७ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
‘जिल्लाका पाँचवटै क्षेत्रका विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका मतगणनास्थलमा संकलन गर्ने कार्य भइरहेको छ’ प्रमुख अर्यालले भनिन्, ‘संकलन पश्चात बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार क्षेत्रहरुमा मतगणना सुरु हुनेछ ।’

