


भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ९ हजार ३ सय ९२ मत प्राप्त गरे । १ लाख ३५ हजार ५० मतदाता रहेका यो क्षेत्रमा ८६ हजार ७ सय ३० मत खसेको थियो ।

