


भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.लेखजंग थापा निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५८ हजार ८१४ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राप्रपाका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार फैज अहमद खानले २ हजार ५ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा ९४ हजार २ सय ३२ मतदान भएको थियो ।

