
सलमान खान
भैरहवा,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने भएको छ । हालसम्मको क्षेत्रगत रुपमा अन्तिम मतपरिणाम र मतगण्नाका अनुसार रास्वपाले पाँच वटै क्षेत्र आफ्नो पोल्टामा पार्दै ‘क्लिन स्विप’ गर्ने भएको हो ।
रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल, ३ मा डा.लेखजंंग थापा र ४ मा कन्हैया बनियाँ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ खरेलले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन्। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ९ हजार ३ सय ९२ मत प्राप्त गरे । १ लाख ३५ हजार ५० मतदाता रहेका यो क्षेत्रमा ८६ हजार ७ सय ३० मत खसेको थियो।
क्षेत्र नम्बर ३ मा ५८ हजार ८ सय १४ मतका साथ थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राप्रपाका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार फैज अहमद खानले २ हजार ५ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा ९४ हजार २ सय ३२ मतदान भएको थियो।
क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार, २८ हजार ६६ मतका साथ बनिया निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६ सय १३ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार सर्वेन्द्र नाथ शुक्लाले ३ हजार चार सय १० मत ल्याउँदै चौथो स्थानमा सीमित भए। कुल १ लाख १६ हजार १७२ मतदाता भएकोमा ७७ हजार ५८ मत खसेको थियो ।
यस्तै क्षेत्र नम्बर १ र ५ मा रास्वपाले आफ्नोे फराकिलो अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले सुनिल लम्सालले २९ हजार ७ सय ३० मतका साथ अग्रता लिएका छन् भने हालसम्म नेपाली कांग्रेसका हिरा बहादुर खत्री ६ हजार ३ सय ६३ मतका दोस्रो स्थानमा छन् । १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा ९७ हजार १ सय १८ जनाले मतदान गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बरमा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले २७ हजार १५ मतका साथ दौडमा छन् भने हालसम्म एमालेका खिमलाल भट्टराई ८ हजार ९ सय ६१ मतका साथ दोस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ८ सय ३८ मत खसेको थियो ।

