


भैरहवा, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले रुपन्देहीको र देशको हितमा आफ्नो निरन्तर प्रयास रहने बताएका छन्।
उनले जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता यही समाप्त नहुने बताउँदै रुपन्देही–३ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे।

निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दै निर्वाचित भएका रास्वपाका उम्मेदवार डा. लेखजंग थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
‘यस निर्वाचनमा मलाई साथ, विश्वास र समर्थन दिनुहुने सबै मतदाता, शुभेच्छुक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूप्रति म कृतज्ञ छु । तपाईंहरूको साथ मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ,’उनले भनेका छन्।

