


भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान २५ हजार ७ सय ६ मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ३८ हजार ८ सय ६ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय सभा सदस्य समेत भईसकेका नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराईले १३ हजार एक सय मत प्राप्त गरे।

त्यस्तै पूर्वअर्थराज्य मन्त्री एंव सार्वजनिक लेखा समितिका पूर्वसभापतिसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले १२ हजार ६ सय २४ मत र पूर्ववनमन्त्री रहेका नेकपाका उम्मेदवार मुहम्मद वकील मुसलमानले ६ हजार एक सय ७६ मत प्राप्त गरेको कार्यालयले जनाएको छ।
१ लाख ३४ हजार ४४२ मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ८३८ जनाले मतदान गरेका थिए।

