Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–४: ‘चेला’ ले हराउँदा ‘गुरु’ को जमानत जफत
    राजनीति

    रुपन्देही–४: ‘चेला’ ले हराउँदा ‘गुरु’ को जमानत जफत

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन २५, सोमबार १७:०९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुँदा राजनीतिका चतुर खेलाडी मानिने सर्वेन्द्रनाथ शुक्लाको जमानतसमेत जफत भएको छ ।

    शुक्ला जसपा नेपालबाट उम्मेदवार थिए । क्षेत्रमा दशकौं देखि राम्रो पकड रहेकोले पटक पटक चुनाव जितेर मन्त्री समेत भइसकेका शुक्लालाई यस पटकको निर्वाचनमा मतदाताले चौथो स्थानमा झारेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यसअघि ०७९ को निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यमा शुक्ला र प्रदेशसभा सदस्यमा बनिया एउटै पार्टी लोसपाबाट चुनावमा होमिएर निर्वाचित भएका थिए । त्यतीबेला क्षेत्रमा शुक्ला र बनियाबीच राजनीतिक ‘गुरु’, ‘चेला’ को भाष्यसहितको सम्बन्ध स्थापित भएको थियो ।

    लुम्बिनी प्रदेशमा शुक्लाले आफ्नै क्षेत्रबाट निर्वाचित बनियालाई छाडेर रुपन्देही–३ (क) बाट निर्वाचित सन्तोषकुमार पाण्डेयलाई बोक्दै पटक-पटक मन्त्री बनाउन भुमिका खेलेपछि मर्चवार (रुपन्देही–४) का स्थानीयहरु रुष्ट भएका थिए । जसपश्चात बनिया र शुक्लाको सम्बन्ध चिसिएको थियो ।

    पार्टी र लुम्बिनी प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएर रास्वपाबाट चुनावी मैदानमा होमिएका बनियाले २८ हजार ६६ मतका साथ निर्वाचित हुँदा ‘राजनीतिक गुरु’ मानिएका शुक्ला ३ हजार ४१० मतमा सीमित भएका छन्। शुक्लाको राजनीतिक यात्रामा जमानत नै जफत हुने गरी सम्भवतः यो नै लज्जासपद हार हो ।

    त्यस्तै निकटतम प्रतिद्धन्द्धी पूर्वसांसद् रहेका नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्दा क्षेत्रमा राम्रो छवि रहेका नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्र अन्तरघातका कारण १५ हजार ६ सय १३ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।

    रुपन्देही–४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार, क्षेत्रमा १ लाख १६ हजार १७२ मतदाता रहेकोमा ७७ हजार ५८ मत खसेको थियो । जसमध्ये ७२ हजार ३८ मत सदर भएको छ । क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएकोमा शुक्लासँगै १९ जनाको जमानत जफत भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कन्हैया बनिया जमानत जफत जसपा नेपाल प्रतिनिधिसभा निर्वाचन रास्वपा उम्मेदवार रुपन्देही निर्वाचन रुपन्देही४ सर्वेन्द्रनाथ शुक्ला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.