
भैरहवा, २६ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीका ५ जना उम्मेदवारहरुले आफैलाई समेत मत नदिएको पाइएको छ । शून्यमत आउने सबै ५ जना स्वतन्त्र र रुपन्देही–२ बाट उम्मेदवारी दिएका थिए ।
स्वतन्त्र उम्मेदवार टिका बहादुर क्षेत्री, दिलिप कुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णु प्रसाद बस्यालले निर्वाचनमा शून्य मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

रुपन्देही–२ मा ३९ जनाले उम्मेदवारी दिएकोमा रास्वपाका सुलभ खरेल भारी मतान्तरले निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुस्

