


भैरहवा, २६ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा विकासका लागि आवश्यक लगानीको योजना तयार पार्न पहल थालिएको छ।
जसका लागि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कन्हैया बनियाले स्थानीय, प्रादेशिक देखि संघीयस्तर बाट गरिनुपर्ने विकासका योजना र कार्यक्रमबारे सुझाव दिन नागरिकसँग आग्रह गरेका छन् ।

क्षेत्रको विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना तथा कार्यक्रम निर्माण कार्य सुरु गरिएको जनाइएको छ। सोही क्रममा क्षेत्रका बुद्धिजीवी, व्यवसायी, श्रमिक, किसान तथा आम नागरिकसँग आफ्नो क्षेत्रका आवश्यक योजना र कार्यक्रमबारे जानकारी गराउन आग्रह गरिएको हो ।
‘हामीलाई कामको लिस्ट दिनुहोस्’, कन्हैया बनियाको निजी सचिवालयद्वारा जारी अपिलमा भनिएको छ,‘हाम्रो क्षेत्रलाई समृद्ध र विकसित बनाउन हामी काम गर्छौं।’
स्थानीय स्तरमा संघीय तथा प्रादेशिक सरकारले गर्नुपर्ने लगानीका योजनाबारे सुझाव दिन इच्छुक व्यक्तिहरुले सचिवालयका सम्पर्क नम्बरहमा जानकारी गराउन सक्ने बताइएको छ।
यसका लागि ९८००७२५१२१, ९८१५४१२४८७, ९७०१४८२००५ र ९८१६४४१६१३ नम्बरमा सम्पर्क गर्न सकिने सचिवालयले जनाएको छ।

