


काठमाडौं,२६ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख ४३ हजार २७२ सदर मत गणना भइसकेको छ ।
प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ। हालसम्म समानुपातिकतर्फ रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ चार वटा दलले भने अझै एक हजार मतसमेत कटाउन सकेका छैनन्। आयोगका अनुसार जनप्रिय लोकतान्त्रिक पार्टीले ९०० मत प्राप्त गरेको छ।
यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०७ र त्रिमुल नेपाल पार्टीले ६६९ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ ५७ राजनीतिक दल सूचीकृत छन् । तीमध्ये रास्वपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी मतगणनामा थ्रेस होल्ड अर्थात् कम्तीमा ३ प्रतिशत मत कटाएका छन् ।

