
पश्चिम परासी,२ चैत । जेनजी प्रदर्शनका क्रममा पश्चिम नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १ सय ८० जना कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागारमा कुल ५७५ कैदीबन्दीमध्ये भदौ २५ गते ५ सय ४६ जना फरार भएका थिए।
Advertisement

Advertisement
Advertisement

कारागार प्रशासन नवलपरासीका नायब सुब्बा किरण आर्यालका अनुसार, फरार भएकामध्ये ३६२ जना पुन: नवलपरासी कारागार फर्किएका छन् भने चार जना अन्य कारागारमा राखिएका छन्।
कारागारमा ४१ जना भारतीय नागरिकसमेत कैदीबन्दीका रुपमा रहेकामध्ये तीन जनालाई पक्राउ गरिएको अन्य अझै फरार रहेको उनले बताए । फरार कैदीबन्दीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

