


काठमाडौं,३ चैत। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसफ रहेका छन् ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरुलाई जाँच गर्दा अब्दुलको साथबाट २ किलो १ सय ग्राम र रिजवानको साथबाट १ किलो ६० ग्राम उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

