


काठमाडौं,८ चैत। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलबीच भेटवार्ता भएको छ।
आइतबार बिहान प्रधानसेनापति सिग्देल अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए। भेटवार्ताबारे दुवै पक्षले आधिकारिक जानकारी गराएको छैन।

प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनका घटनाबारे तयार पारिएको प्रतिवेदनबारे चासो राखेका छन्।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको विस्तृत प्रतिवेदन गौरीबहादुर कार्की संयोजकत्वको समितिले प्रधानमन्त्रीलाई बुझाएको थियो। उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सरकारले प्रतिवेदनमाथि अध्ययन भइरहेको बताएको छ।
जेनजी आन्दोलनका क्रममा देशभर सरकारी संरचनामा आगजनी र क्षति पुगेपछि सर्वसाधारणले सेनाको भूमिकामाथि आलोचना गर्दै आएका छन्।

