


काठमाडौं,१७ चैत। दुई दिनसम्म घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। आज बजार १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ।
यसदिन ३३९ वटा स्क्रिप्सको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा खरिदबिक्री भएका छन्।

६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गरेको छ।
कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य बढ्दा ६३ वटाको घटेको छ। ९ स्टकको मूल्य भने स्थिर रह्यो भने आज १३ मध्ये ११ समूहको उपसूचक सकारात्मक देखिए।

